यदि मैले अर्की युवतीसँग धेरै यौनसम्पर्क गरें भने के मेरो शुक्रकीट सकिनेछ ? के यसले मेरो विवाहित जीवनमा (श्रीमतीलाई गर्भवती बनाउन) प्रभाव पार्छ ? मैले २० वर्षको उमेरदेखि यौनसम्पर्क गर्दै आएको छु र अहिले म २४ वर्षको भएँ ।
शुक्रकीट कसरी बन्छ ?
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले शुक्रकीटको उत्पादन कसरी हुन्छ भन्ने विषयमा छोटो चर्चा गरौं । शुक्रकीट पुरुषको अण्डकोषमा बन्छ । अण्डकोषभरि नै गुजमुज्ज परेका नलिकाहरू हुन्छन् जसलाई Seminiferous Tubules भनिन्छ । यही नलीमा यात्रा गर्दै शुक्रकीटको उत्पादन प्रक्रिया पूरा हुन्छ । यी Seminiferous Tubules मा Sertoli cell तथा sperm stem cells (Spermatogonia) हुन्छन् । यी नलिकाको बाहिर तथा नलिकाको बीच–बीचमा पुरुष हार्मोन testosterone उत्पादन गर्ने Leydig cells हुन्छन् । Leydig cell बाट उत्पादन गरिएको testosterone हार्मोनको प्रभावमा Sertoli cell को सहयोगमा शुक्रकीटको उत्पादन सञ्चालित हुन्छ । Spermatogonia देखि शुक्रकीट बन्ने क्रम पूरा हुन यस्तै ७० दिनजति लाग्छ । अण्डकोषभित्र रहेका नलिकाहरूमा यो निरन्तर रूपमा चलिरहेको हुन्छ ।
यसरी शुक्रकीट बन्ने कार्य पूरा भए पनि यो अझै परिपक्व भने भैसकेको हुँदैन । यी शुक्रकीट अझै पौडन सक्ने (गतिशील) हुने स्थितिमा पुगिसकेका हुँदैनन् । अण्डकोषबाट अब शुक्रकीट अण्डकोषमै टाँसिएको अर्को अङ्ग Epididymis मा आउँछन् र यसका नलिकामा यात्रा गर्ने क्रममा यसको कोष झिल्लीमा भएका कतिपय प्रोटिन हटाइन्छन् भने कतिपय थपिन्छन्, जसले गर्दा यी पौडन मात्र होइन, महिलाको डिम्बमा टाँसिन अनि त्यसलाई छेड्न सक्ने हुन्छन् । यसरी परिपक्व भएको शुक्रकीट वीर्य स्खलन हुँदा बाहिर आउन तयार अवस्थामा हुन्छन् ।
तपाईलाई थाहै होला, यिनै शुक्रकीट नै वीर्यमा मिसिन्छन् र वीर्य स्खलनका बेला त्यसका साथसाथै बाहिर निस्कन्छन् ।
शुक्रकीट सकिन्छ ?
शुक्रकीट बन्ने प्रक्रियाबाट नै बुझिसक्नुभयो होला कि पुरुषमा निरन्तर रूपमा शुक्रकीट बन्छन् । वीर्य स्खलन भयो भन्दैमा यो सकिने होइन । वीर्य स्खनलमा शुक्रकीट निस्कने क्रमसँगै यो बन्ने क्रम पनि निरन्तर रूपमा चलिरहन्छ । सामान्यत: एकपटकको वीर्य स्खलनमा यस्तै ३ करोडजति शुक्रकीट निस्कन्छन् । वयस्क पुरुषमा सामान्यत: एक दिनमा यस्तै १० करोड शुक्रकीट उत्पादन हुन्छन् । Epididymis मा भएको अम्लीय वातावरणमा यो निष्क्रिय अवस्थामा हुन्छ ।
हस्तमैथुन गरेर होस् वा कुनै अर्कै युवतीसँग यौनसम्पर्क गरेर होस् वा श्रीमतीसँग यौनसम्पर्क गरेर वीर्य स्खलन गरेर होस्, वीर्य स्खलन गर्दा शुक्रकीट सकिँदैन ।इकान्तिपुर
y
Saturday, November 19, 2016
हेर्नुहोस् हिरोइन साम्राज्ञीका प्रेमी, को हुन् उनि, कसरी भयो प्रेम ?
हेर्नुहोस् हिरोइन साम्राज्ञीका प्रेमी, को हुन् उनि, कसरी भयो प्रेम ?
सुपरहिट चलचित्र ‘ड्रिम्स’मा अनमोल केसीको जोडी बनेर चलचित्रमा आएकी नायिका साम्राराज्ञी राज्य लक्ष्मी शाहले आफ्ना ब्वायफ्रेण्ड सार्वजनिक गरेकी छिन् -
आफ्नो २१औँ जन्मदिनको अवसरमा उनले फेसबुकमा फोटो शेयर गर्दै ब्वायफ्रेण्ड सबैलाई देखाएकी छिन् ।
उनका प्रेमी हुन् राहुल खड्का, जो डिजे हुन् । तलको भिडियोमा राहुल र साम्राज्ञीका केहि तस्वीरहरु प्रस्तुत छन् ।

वैदेशिक रोजगारीमा गएका युवा लगातार अलपत्र पर्न थालेपछि प्रधानमन्त्रीको चासो
वैदेशिक रोजगारीमा गएका युवा लगातार अलपत्र पर्न थालेपछि प्रधानमन्त्रीको चासो -
प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन मेनपावर कम्पनीलाई निर्देशन दिनुभएको छ -
वैदेशिक रोजगारीमा गएका युवा अलपत्र परेको खबर बारम्बार आउने गरेको भन्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा काम गर्ने कम्पनीप्रति सरकार थप संवेदनशील भएर लाग्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा अलपत्र परेका युवाको गुनासो सुनेपछि उहाँले आफ्ना नागरिकको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
भेटमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको उल्लेख गर्दै सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीको उद्धार र राहतका लागि विशेष प्रयत्न गरिरहेको बताउनुभयो ।
साउदीको रियादमा अलपत्र परेका पाँच युवाको प्रधानमन्त्री कार्यालयले उद्धार गरेपछि नेपाल फर्केका पाँचजना युवाले आज प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका हुन् ।
श्रावण ३ गते त्रिभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार विक, कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर विक र बौद्ध, काठमाडौँका ३२ वर्षीय अनुप शेर्पालाई प्रधानमन्त्री कार्यालयको विशेष पहलमा मङ्सिर ३ गते नेपाल ल्याइएको थियो ।
प्रधानमन्त्री कार्यालयमा भेट गरी उद्धार गरिएका युवाले आफूलाई उद्धार गरिएको भन्दै नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
उद्धार गरिएका मिजारले आफ्नो विदेशको दःुख सुनाउँदै प्रधानमन्त्रीसँग भन्नुभयो, “हामी गएको कम्पनी अवैधानिक रहेछ, दिनदिनै प्रहरीले छापा माथ्र्यो, त्यो बेला हामी कम्पनी छोडेर भाग्नुपथ्र्यो, खाना खाँदाखाँदै, सुतेको बेला पनि हामी कैयौँपटक भाग्यौँ ।”
“प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुङ्गाको काम गर्नुपर्ने रहेछ”– आफ्नो पीडा सुनाउँदै मिजारले थप्नुभयो । उहाँले मेनपावर र कम्पनीले कुनै वास्ता नगरी उल्टै धम्की दिन थालेपछि आफूहरुले प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेको बताउनुभयो ।
उहाँहरु जनही रु ९० हजारदेखि रु एक लाख २५ हजारसम्म खर्च गरेर महाराजगन्जको आयुष ओभरसिज सर्भिसबाट वैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए ।
-

ठमेल मा धन्दा बढ्यो.....................
काठमाडौँ, ४ मङ्सिर, काठमाडौँको ठमेल क्षेत्रस्थित नरसिंह चोकमा एउटा साँघुरो गल्ली छ । गल्लीको मुखैमा रुट्स बार छ भने गल्लीको कुनामा गोर्खाली खाजाघर छ । रुट्स बार र गोर्खाली खाजाघरको बीचैमा अर्को रेस्टुरेन्ट छ – रक्स बार एन्ड क्याफे । दायाँ–बायाँका यी दुई रेस्टुरेन्ट राति १०/११ बजे बन्द हुन्छन् तर रक्स बार रात–दिन खुला रहन्छ । ग्राहकको आवतजावत भइरहन्छ । पहिलोपल्ट त्यस गल्लीभित्र पस्ने कसैले पनि रक्स बारमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् । केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र कुतूहल मेट्न त्यहाँ छिर्छन् । अन्य रेस्टुरेन्टको तुलनामा त्यहाँ खाजा, नास्ता ताजा र मीठो नपाइए पनि सस्तो मूल्यका केही मदिरा र 'लोकल' रक्सी भने सहजै उपलब्ध हुन्छ । मदिरा ‘सर्भ’ गर्नका लागि प्लास्टिकका कप प्रयोग गर्ने गरिए पनि ग्राहकको भीडभाड हुनेगर्छ । रक्स बारनजिकै उभिएका ठमेलका होटल व्यवसायी राजन श्रेष्ठ एक अपरिचित व्यक्तिसँग कुरा गर्दै भनदै थिए, 'पैसा कमाउन यस्तो घीनलाग्दो काम पनि गर्नुपर्ने रहेछ !' ठमेल क्षेत्रमा राति १२ बजेसम्म मात्र रेस्टुरेन्ट, क्याफे, पसल तथा बार सञ्चालन गर्न पाइन्छ तर यो रेस्टुरेन्टका लागि भने समयको बन्देज रहेको देखिँदैन । साँघुरो र अँध्यारो गल्लीभित्र उकुसमुकुसलाग्दो घरको भुइँतलामा रहेको यो रेस्टुरेन्टको दुई तलामाथि आराम गर्न मिल्ने ‘बेड’ छन् । रक्स बार रेस्टुरेन्ट हो कि होटल ? कसैले पनि सजिलै दिने जवाफ हो– यौन अखडा ! १८ वर्ष उमेर नकटेका जस्ता लाग्ने चार युवती पालैपालो तलमाथि ओहोरदोहोर गर्छन् । ती घरि तल झर्छन्, घरमाथि चढ्छन्, अनि केही समय फुत्त हराउँछन् । लहरै उभिएका ग्राहक उनीहरूकै प्रतीक्षामा पालो पर्खेर बसेका हुन्छन् । काउन्टर अगाडि ग्राहकसँग रकम लेनदेन हुन्छ । उनीहरू पालैपालो माथि चढ्छन् । युवती अलिपछि कागजको पोको बोकेर जान्छन् । उनीहरूलाई काउन्टरबाट कागजले पोको पारेको गोप्य वस्तु सर्वसाधारणले नदेख्ने गरी दिइन्छ । त्यो वस्तु हो– कन्डम । देहव्यापारका कारण त्यस रेस्टुरेन्टमा ग्राहकको भीड लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । त्यो गल्लीमा रक्स बारलगायत दुईवटा रेस्टुरेन्ट र चार वटा मसाज पार्लर पनि यौन अखडाका रूपमा रहेका छन् । ती अखडाबाट युवती आलोपालो सट्टापट्टा हुनेगर्छन् । त्यहाँको राजधानी नामक मसाज पार्लरमा देहव्यापार हुनेगरेको थाह पाएपछि घरधनीले नै बन्द गरिदिएका छन् । स्टाफ (युवती) र व्यापार नपाएको भन्दै सञ्चालकले नै एभरेस्ट नामक रेस्टुरेन्ट बन्द गरिसकेका छन् । ती अखडामा नियमित रूपमा हुने गतिविधिबारे प्रहरी कर्मचारी पूर्ण परिचित रहे पनि केही प्रहरीको संलग्नताका कारण छापा मार्ने र पक्रने काम शून्य नै छ । केही मसाज पार्लरमा प्रहरीले पटक पटक छापा मारेर पक्राउ गरे पनि धेरैजसो धरौटी र तारेखमा छुट्ने गरेका छन् । त्यस रेस्टुरेन्टमा भने प्रहरीको आँखा पुगे पनि नदेखे जस्तो गरेर हिँड्ने गरेको पाइएको छ । नजिकैको एउटा ट्राभल्सका सञ्चालकले आक्रोशित हुँदै प्रश्न गरे, 'प्रहरी नै पहरेदार भएपछि कसले छापा मार्ने, अनि कसले पक्रने ?' ठमेलको यौन धन्दालाई सोह्रखुट्टेका प्रहरीको ‘पकेट मनी’ ठान्ने ती ट्राभल्स सञ्चालक भन्छन्, 'ती बन्द गराएपछि कतिपयको रोजीरोटी नै चल्दैन, त्यसैले पैसा नदिनेलाई मात्र पक्रन्छन् उनीहरू ।' हप्ता दिनअघि मात्र सर्वसाधारणले गुनासो गरेपछि रक्स बारका सञ्चालकलाई पक्रेजस्तो गरेर बिहान छाडिदिएको उनले जानकारी दिए । रक्स बारका सञ्चालकले भने ५० हजार रुपियाँ बुझाएर छुटेको जानकारी आफ्ना व्यावसायिक साझेदारलाई दिएका थिए । ती सञ्चालकले सोह्रखुट्टेबाट सरुवा भएका एक प्रहरी नायब निरीक्षक (सई) लाई त्यहीँ थमौति गर्न ५० हजार लगानी गरेको र अर्का सईलाई २५ हजार सापटी दिएको जानकारी आफ्नै साथीलाई दिएका छन् । सर्वसाधारणको बाक्लो ओहोरदोहोर हुने यो गल्लीमा अवैध गतिविधि सञ्चालन हुँदा अन्य रेस्टुरेन्ट तथा होटल व्यवसायी समस्यामा परेका छन् । रक्स बारमा लाग्ने ग्राहकको भीडले गल्ली नै दुर्गन्धित बनेको गुनासो पर्यटन व्यवसायीहरूको छ । कतिपयले यस गल्लीलाई ‘बम्बे गल्ली’ समेत भन्ने गरेका छन् । स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार देहव्यापारका लागि विदेशीसमेत आउने गरेको बताइएको छ । एक पटक रमाइलो गर्न विदेशी ग्राहकसँग आठदेखि १० हजार र नेपालीबाट पाँच हजार रुपियाँसम्म लिने गरेको बताइएको छ । यसरी प्राप्त भएको रकमको ५० प्रतिशत युवतीलाई र ५० प्रतिशत सञ्चालकले लिनेगरेको बताइन्छ । 'हाम्रो त परिवारले नै यस्तो दुःख गरेर खानुपरेको छ', एउटा खाजाघरकी सञ्चालिकाले भनिन्, 'तर गल्लीमा फोहोरी मान्छे बस्न थालेपछि निकै समस्या भएको छ । प्रहरीलाई खबर गर्यो, उल्टै पैसा खाएर छाड्छन् ।' रक्स बारका सञ्चालक पक्राउ परेलगत्तै छुटेको सम्बन्धमा सोह्रखुट्टेस्थित महानगरीय प्रहरीवृत्त प्रमुख प्रहरी नायब उपरीक्षक सोमेन्द्र राठौरले दीपक नामक व्यक्तिबाट सञ्चालित यौन अखडामा छापा मारेर कारबाही गरिएको जानकारी दिए । उनले कारबाही गरिएको भनिएका व्यक्ति भने त्यही रेस्टुरेन्टमा ग्राहक फकाइरहेका थिए । ठमेलमा जटिल समस्याका रूपमा रहेको देहव्यापार सञ्चालनमा प्रहरीको नै प्रत्यक्ष संलग्नता हुनथालेपछि यसको नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै छ । सामान्य व्यवसायलाई राति ११ बजेभित्र जबरजस्ती बन्द गर्न लगाउने प्रहरी देहव्यापारका अखडा भने नदेखेजस्तो गरेर हिँड्ने गरेको आरोप छ । देहव्यापारलाई कतिपयले आकर्षक आम्दानीको सजिलो माध्यम बनाउँदै आएका छन् । कतिपय मसाज, स्पा, रेस्टुरेन्ट एवम् खाजाघरमा कामदारका रूपमा युवती राखेर यौन व्यवसाय सञ्चालन गर्नेहरूको ठमेलमा सञ्जाल नै रहेको छ । (गोरखापत्रबाट) - See more
Subscribe to:
Comments (Atom)